लाग्यो तीज ‘लाग्छ कि लाग्दैन भिसा वरिलै’ सार्वजनिक

गायिका शान्तिश्री परियारको स्वर, नारायण रेग्मीको शब्द रचना, लक्ष्मण पोखरेलको संगीतमा तीज गीत ‘लाग्छ कि लाग्दैन भिसा वरिलै’ सार्वजनिक भएको छ ।

मौलिक लोक भाकामा रमाईलो शैलिमा प्रस्तुत गरिएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् ।

विदेश जान मरिहत्ते गर्ने छोरीलाई आमा आफ्नै देशमा केहि गर्न प्रेरित गर्ने कथामा निर्माण गरिएको गीतमा नायिका रिचा थापाको अभिनय रहेको छ ।

गीतमा गायिका शान्तिश्री परियारलाई कमला पोखरेल, दिपा तामाङ मनिष राई, अप्सु योगीले गायनमा साथ दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार