संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ । संगीतका विभिन्न विधा हुन्छन् । विशेष गरी संगीतलाई पप, आधुनिक, लोक, लोक पपलगायतका विधामा विभाजन गरिएको छ ।
त्यस्तै, संगीत सागरको दुनियाँमा प्रवेश गरेका गायक अर्जुन पौडेलले स्वर दिएको गीत ‘टेन्सन भको छ’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।
बिगतमा चर्चित गीतहरु आफ्ना श्रोतामाझ पस्किसकेका गायक अर्जुन पौडेललाई टेन्सन भको छमा लोकप्रिय गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् भने शब्द, संगीत राजनराज शिवाकोटीको रहेको छ ।
सुन्ने भन्दापनि हेर्ने गीतको प्रचलनलाई मध्यनजर गर्दै आडै नै ‘टेन्सन भको छ’को म्युजिक भिडियो निर्माण हुने बताउने गायक अर्जुन पौडेलले आफ्ना अघिल्ला सिर्जनाहरु झै यो गीत पनि श्रोताहरुले मन पराउने विश्वास लिएका छन् ।










प्रतिक्रिया