भाद्र ७ मा पुग्यो सतिदेवीको प्रदर्शन

पत्रकार तथा लेखक लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको चलचित्र ‘सतिदेवी’को प्रदर्शन मिति सरेको छ । निर्माण टिमले साउन ४ गते प्राविधिक कारण नसकिएकोले चलचित्रको प्रदर्शन मिति सारिएको जनाएको छ ।

सोमबार निर्माण टिमले एक विज्ञप्ती जारी गर्दै चलचित्रको प्रदर्शन मिति आगामी भदौ ७ गतेलाई सारिएको उल्लेख गरिएको छ । दिलासा कृएसन प्रालिको ब्यानरमा निर्माण भएको सामाजिक फिल्म ‘सतीदेवी’मा मलिका महतले मुख्य भुमिकामा अभिनय गरेकी छन् ।

चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरणको जिम्मा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार