क्यान्सर रोगीहरुको सहयोगार्थ गायिका तारा थापाको स्वर्णिम साँझ– २०८१ आयोजना गरिंदै

कला, साहित्य एवं गीत सङ्गीतको उत्थान र श्रष्टाको सम्मान हाम्रो अभियान भन्ने मुल नाराका साथ लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ सर्वप्रिय मुर्धन्य गायिका तारा थापाको स्वर्णिम साँझ– २०८१ गरिने भएको छ ।

उक्त कार्यक्रम यहीँ आउँदो असार २१ गते शुक्रबार दिनको ३ बजे प्रत्यक्ष बाद्यबादनको साथ साँस्कृतिक संस्थान (नाचघर), जमल, काठमाडौंमा गरिन लागिएको हो।

गायिका तारा थापाले यस कार्यक्रममा आफुद्वारा गाइएका लोकप्रिय तथा चर्चित गीतहरु प्रस्तुत गर्नेछिन् भने गायक देवराज आले, सागर आले, मनोज थापा, दिपा सुहाङ र अप्सु योगीले उनलाई गाउन साथ दिनेछन् ।

यस कार्यक्रममा गायिका तारा थापाद्वारा गाइएका केहि गीतमा नृत्य पनि प्रस्तुत गरिनेछ । यस कार्यक्रम बाट आम्दानी हुने रकमले क्यान्सर रोगीहरुको पीडाको लागि थोरै भएपनी मलम लगाउछ भन्ने आयोजकको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार