नेपालको गीत संगीत क्षेत्रका लोकप्रिय संगीतकर्मि राजन राज शिवाकोटीको रचना र संगीतका साथसाथै नेपालभाषा संगीत क्षेत्रका लोकप्रिय गायिका रत्नशोभा महर्जनसँग उनको युगल गायन रहेको ‘यःमरि च्वामु‘ बोलको गीतको म्युजिक भिडियो शुक्रबार एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
नेपाली भाय र नेपालभाषा मिसाएर फ्युजनको रुपमा तयार गरिएको यस गीतका रचनाकार राजन राज शिवाकोटी हुन् भने साहित्यकार रजनीमिलाले यसको नेपालभाषा अनुवाद गरेका छन् ।
काठमाडौंको टेकु दोभान स्थित राणाकालिन तीन देवल परिसरमा भएको सार्वजनिकिकरण समारोहमा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ मूख्य अतिथीका रुपमा रहेका थिए । सो समारोहमा प्रमूख अतिथी श्रेष्ठले गायिका रत्नशोभा महर्जनको प्रतिभाको प्रशंसा गर्दै विख्यात संगीतकर्मि सिवाकोटीसँगको युगल गायनले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
अशोक कुमार मालि र मनिराज लवटको प्रस्तुति र ए एन एन प्रोडक्शनको निर्माण रहेको म्युजिक भिडियोमा अशोक कुमार मालि र तिमिला गोपालि लगायत धेरै कलाकारहरुको सहभागीता रहेको थियो ।
यो भिडियोको कोरियोग्राफि राजन शाही , छायांकन, सम्पादन र कलर ग्रेडिंग सोहन मानन्धर , श्रृंगार सनमकुमार श्रेष्ठ र मिरा डंगोलले गरेका हुन् ।
भिडियो सार्वजनिक समारोहमा आयोजकका तर्फ बाट अभिनेत्री हिसिला महर्जनले स्वागत मन्तव्य राखिन् भने प्रस्तोता अशोक कुमार मालि, संगीतकर्मि राजनराज सिवाकोटी, भिडियो निर्देशक देवकुमार श्रेष्ठ लगायतले उक्त गीत र भिडियो बारे भनाई राखेका थिए ।
शुक्रबार सार्वजनिक गरिएको सो भिडियोको समीक्षा गर्ने क्रममा वरिष्ठ सिने पत्रकार तथा समीक्षक विजयरत्न तुलाधर असंबरेले नेपालभाषाको म्युजिक भिडियो क्षेत्र दिनानुदिन फराकिलो हुँदै गएको र यस भिडियोमा नेवाः संस्कृतिमा महत्वपुर्ण स्थान रहेको मिठाइ यःमरिलाई भिडियोमा सुन्दर र सटिक ढंगबाट प्रस्तुत गरिएकोले सुनमा सुगन्ध थपिए जस्तो भएको भनाई व्यक्त गरे ।










प्रतिक्रिया