अन्तर्राष्ट्रिय इक्सिलेन्स अवार्डमा कलाकर्मी सम्मानित

बलिउडकी लोकप्रिय नायिका जयाप्रद्धाको उपस्थितिमा रेडिसन होटल काठमाडौंमा छैठौं अन्तर्राष्ट्रिय इक्सिलेन्स अवार्ड २०२४ सम्पन्न भएको छ ।

बरिष्ठ अभिनेत्री भुवन चन्द, बसुन्धरा भुसाल, संगीतकार राजु सिंह, शम्भुजीत बास्कोटा, चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी लगायत बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा बिभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् ।

जसमा नायिका तेजुला खतिवडा ‘बेष्ट एक्टर अफ नेपाल भर्सस्टाइल’ सम्मान हात पार्न सफल भईन भने गोपाल ढकाल ‘छन्दे’ बेष्ट कमेडियन एक्टर अफ नेपाल र सुनिल कटुवाल उत्कृष्ट चरित्र अभिनेताको सम्मानबाट सम्मानित भएका छन् ।

नेपाल र भारतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई सञ्चारकर्मी दिनेश डिसिले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार