मण्डनदेउपुरको महोत्सवमा थापा र काफ्लेको धमकेदार प्रस्तुति

२०८१ जेष्ठ २४ देखि असार २ गतेसम्म चल्ने प्रथम बृहत मण्डनदेउपुर नगरपालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवमा लोकप्रिय गायक नारायण थापाले तिमिलाई नै सँधै लगायत आफ्ना चर्चित गीतहरु पस्केर सबैलाई मनोरञ्जन दिलाउन सफल भएका छन् ।

त्यस्तै उक्त महोत्सवमा चर्चित मोडल प्रतिक्षा काफ्लेले बिमल राज क्षेत्री र अञ्जु पन्तको बुट्टे रुमालैमा, छ मन्द मन्द बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत दिएकी थिइन ।

मोडल काफ्लेले आफ्नो धमकेदार नृत्यकलाले उपस्थित दर्शकलाई मोहित पारेकको बताइएको छ ।

हिगुवापाटी, काभ्रेपलाञ्चोक स्थित जेष्ठ ३२ गतेको कार्यक्रममा गायक थापा र मोडल काफ्लेको साथमा जितु लोप्चन, भगवान खत्री, रास्कोटी मगर, द वान स्टार डान्स ग्रुप ‘बुटवल’को प्रस्तुति रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार