चर्चित गीतहरुको साथमा सिङ्गापुरमा गुञ्जिए गायक पदम राई

देश, विदेशको स्टेज कार्यक्रममा व्यस्त रहदै आएका चर्चित गायक पदम राई आफ्नो साँगीतिक प्रस्तुतिको लागि यतिबेला सिंगापुरमा छन् । सुमधुर स्वरका धनी उनी दर्जनौं गीतसहित सिंगापुरमा गुञ्जिए ।

नेपाली मुभिज् सिंगापुरको आयोजनामा यही जेष्ठ १२ र १३ गते अर्थात् ‘२०२४ मे २५ र २६’ मा सिङ्गापुरमा सम्पन्न ‘लाईभ नेपाली सांगीतिक साँझ सिंगापुर २०२४’ मा आफ्नो के गुलियो छ र सखर चिनि, पछि पछि लागेर, येसो हेरे पुर्ब तिर, जागिर खान्छु सरकारी अड्डामा, बाटो घुमाउँरो, हातैमा लेखेर लगायत दर्जन बढी चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

द भ्वाईस अफ नेपाल सिजन फोरका सेमिफाइनलिस्ट चर्चित गायक पदम राईलाई प्रगति पुन मगर, सुनिता थेगिम्, रवि गहतराज लगायत स्थानीय कलाकारहरुले कार्यक्रममा साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार