गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा पर्वत गदाईलीको वेजोड अभिनय रहेको छ ।
चर्चित गायक राजेशपायल राई र भ्वाइस अफ नेपाल सिजन ५ बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका स्मिता प्रधानको सुमधुर स्वरमा सजिएको गीतको मिक्सिङ मास्टरिङ रुबिन जोएले गरेका छन् । गीतमा देव गुरुङको सङ्गीत रहेको छ भने चन्दु गोर्खालीको एरेन्ज रहेको छ ।
त्यस्तै गीतको भिडियो निर्देशन लामो समयदेखि अनुभव बटुलेका सफल निर्देशक विनयराज पौडेलले गरेका छन् । भिडियोको मुख्य भूमिकामा गदाईली, स्वयं स्मिता प्रधान र धर्मभिरु लामाको अभिनय देख्न सकिन्छ ।
ललितपुरको विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोको छायांकन भने राजु लामाले गरेका छन् । त्यस्तै भिडियो सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् ।
कबिर लामाको निर्माण तथा प्रोड्युसर नेपालका अध्यक्ष करण सिंहको प्रडक्सनमा निर्माण गरिएको भिडियो ‘भिरु प्रडक्सन हाउस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।










प्रतिक्रिया