मलेकु निर्देशित म्युजिक भिडियो ‘मायाको प्रमाण’ सार्वजनिक

म्युजिक भिडियो निर्देशनमा निरन्तर लागि रहनु भएका बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित पछिल्लो भिडियो ‘मायाको प्रमाण’ सार्वजनिक भएको छ ।

जसमा शब्द राजन बिक, संगीत महेन्द्र भण्डारीको छ भने चर्चित गायक अर्जुन कुँवर र गायिका निर्मला नेपालीको स्वर रहेको छ ।

भिडियोमा दिपेन्द्रराज गीरी, निर्मला नेपाली, निर्मल भण्डारी फिचरिङ छ । भिडियो उत्तम हुमगाईंले खिचेका हुन् भने सम्पादन कल्पेश बिश्वकर्माले गरेका हुन् ।

निर्देशक बबिता श्रेष्ठ नेपाल म्युजिक भिडियो निर्देशक समाजकी वर्तमान अध्यक्षसमेत छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार