म्युजिक भिडियो निर्देशक समाजलाई दुर्गेश थापा र पेमा लामाको सहयोग

म्युजिक भिडियो निर्देशनको क्षेत्रमा आफ्नो पृथक पहिचान स्थापित गर्न सफल बबिता श्रेष्ठ ‘मलेकु’को नेतृत्वमा नेपाल म्युजिक भिडियो निर्देशक समाजमा आएपछि नव निर्वाचित कार्य समितिलाई कार्यलय प्रयोजनको लागि लोकप्रिय मोडेल तथा गायक दुर्गेश थापा र तिब्बतियन गायक पेमा लामाद्वारा एक थान तातो पानी तताउने मेसिन र एक थान पंख्खा सहयोग स्वरुप उपलब्ध गराएका छन् ।

उनिहरुले समाजको कार्यलय अनामनगरमा नै पुगेर अध्यक्ष बबिता श्रेष्ठ ‘मलेकु’, प्रथम उपाध्यक्ष डिआर सुजन, सचिव प्रविण थापा, सदस्यहरु खमेश श्रेष्ठ, शिशिर बुढाथोकी र कलाकार सुदिप कोईरालाको उपस्थितिमा माथि उल्लेखित सामान हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार