लिम्बु साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ पूर्वाञ्चलको बिभिन्न सहरमा विशेष प्रदर्शन भइरहेको छ । काठमाडौं, ललितपुरमा सम्पन्न विशेष प्रदर्शनमा अत्याधिक रुचाईएको चलचित्र सुगुपलाई पूर्वेली दर्शकहरुले पनि औधि मन पराएका छन् ।
धरान, इटहरी, बिर्तामोड, झापा, भद्रपुर लगायतका स्थानमा विशेष प्रदर्शन भइरहेको सुगुपको प्रदेश एकका प्रमुख सम्मानिय पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा आयोजिक कार्यक्रममा सुगुपको वल्र्डवाइड प्रिमियर प्रदर्शनको पोष्टर सार्वजनिक गरिएको छ ।
कार्यक्रममा चलचित्र सुगुपलाई प्रायोजन गर्ने संघसंस्था र आआफ्नो स्थानबाट सहयोग गर्नेहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।
एक पछि अर्को विशेष शो हुदै आएको सुगुप ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अगामि लाखे जात्राको अवसरमा प्रदर्शन हुने भएको छ भने बैशाख २९ गते शनिबार विर्तामोडमा भएको प्रदर्शनमा दर्शकको भिडलाई व्यवस्थापन गर्न निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो ।
लोकेन साँबा लिम्बुको निर्देशन रहेको सुगुपमा मौसम इम्बुङ, प्रेम सुब्बा, यासेलि योङहाङ, बबिता नेयोङहाङ लिम्बु, सुम्निमा खापुङ, डम्बर कुमारी पयाङ्गु, निता लिम्बु योमन सोदेम्बा तिर्थ राज मादेम्बा लिम्बु लगायत कलाकारहरुको जीवन्त अभिनय रहेको छ ।
प्रस्तुतकर्ता एबं मुख्य निर्माता रबिन कुमार नाल्बो, निर्माता शैलेन्द्र कुमार नाल्बो र दिल माया लाबुङ नाल्बो, सह निर्माता एलपि साँबा लिम्बु, मनिसा सुब्बा नाल्बो, श्रीप्रसादको लगानी रहेको छ ।










प्रतिक्रिया