प्रकाश पुरीको ‘दोलालघाटको पुल तरेर’ सार्वजनिक

सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन ।

दुई दर्जन जती गीतहरुमा आँफैले स्वर दिएको प्रकाशले पछिल्लो समय ‘दोलालघाटको पुल तरेर’ गीतमा स्वर दिएका छन् सबित्रि केसिले स्वरमा साथ दिएकी छन् ।

सङ्गीत रामकुमार नेपाली, शब्द देव पुरी रहेको भिडियोमा बिद्या कार्की र राजन पुरीको जीवन्त अभिनय देख्न सकिन्छ भने यस भिडियोको लागि राजन पुरीले आफ्नो कपाल नै काटेका छन् ।

निरेन श्रेष्ठको निर्देशन रहेको भिडियोमा छायांकन मरुभुमि नारायण, सम्पादन अमृत चापागाईंले गरेका हुन् । भिडियो शुभ साईत म्युजिकको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार