दक्षिण कोरिया, हङकङको कार्यक्रमबाट फर्केलगतै स्थानीय साँस्कृतिक कार्यक्रममा व्यस्त रहदै आएका चर्चित गायक पदम राई आफ्नो साँगीतिक प्रस्तुतिको लागि यतिबेला युएई पुगेका छन् ।
किरात राई यायोक्खा शाखा, युएईको आयोजना येलेदोङ ५०८४ बृहत साँस्कृतिक कार्यक्रममा गायक राईले आफ्ना दर्जनौ हिट गीत गाएर उपस्थित पाहुनाहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने यूएईको आब्रा बरदुबईको ब्लुप्यालेस होटलमा कार्यक्रम सम्पन्न भएको थियो ।
यही बैशाख २८, २९ र ३० मा सिङ्गापुरमा आफ्नो साँगीतिक कार्यक्रम सक्के लगतै यूकेमा हुने सांगीतिक कार्यक्रमको तयारीमा गायक राई रहेका छन् । द भ्वाईस अफ नेपाल सिजन ४ का सेमिफाइनलिस्ट चर्चित गायक पदम राईलाई स्थानीय कलाकारहरुले कार्यक्रममा साथ दिने छन् ।










प्रतिक्रिया