‘के भनि बोलाउँ’ भन्दै आइन् लिजा लामा

चलचित्र निर्माता, निर्देशक राजु लामा अभिनयमा पनि सकृय हुन थालेका छन् । गायिका छोरी लिजा लामाको स्वरमा ‘के भनि बोलाउ’ गीतको भिडियोमा निर्देशक लामाको अभिनय देख्न सकिन्छ ।

उनलाई रोजिना धिमालले अभिनयमा साथ दिएकी छन् । निर्मल बरालको शब्द, संगीत रहेको गीतका संगीत संयोजन मनोज चौलागाई हुन् ।

साईराम पिक्चर्सले बजार व्यवस्थापन सम्हालेको भिडियो बिक्रम धिमालले खिचेका हुन् भने कन्सेप्ट सानु उपाध्यायको रहेको छ ।

ईलामको सुन्दर चिया बगान वरीपरी छायांकन गरिएको भिडियो निर्देशान स्वयं राजु लामाले गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार