राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन् । पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि वाग्ले निर्विरोध भएका हुन् ।
उपसभापतिमा दावी छोडेपछि श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन् । पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह–महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ ।
यसअघि सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।









प्रतिक्रिया