फिफा विश्वकप २०२६ः प्रसारणको सह-प्रायोजकमा ‘हिमस्टार’ अनुबन्धित

नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि आफ्नो छुट्टै पहिचान बनाएको विश्वसनीय ब्रान्ड ‘हिमस्टार’ फिफा विश्वकप २०२६ को आधिकारिक सह(प्रायोजकका रूपमा अनुबन्धित भएको छ। विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवसँग जोडिन पाएकोमा गौरवान्वित हुँदै कम्पनीले सोही अवसरमा आफ्ना ग्राहकका लागि विशेष उपहार योजनासमेत सार्वजनिक गरेको छ।

यो सहकार्यसँगै हिमस्टारले फिफा विश्वकप २०२६ को टेलिभिजन प्रसारणका लागि ‘हिमालय स्पोर्ट्स एचडी’ र अनलाइन प्रसारणका लागि ‘डिगो एप’सँग रणनीतिक साझेदारी गरेको छ।

ग्राहकका लागि आकर्षक ‘विश्वकप अफर’
विश्वकपको रोमाञ्चलाई आफ्ना ग्राहकसम्म पुर्‍याउने उद्देश्यले हिमस्टारले विशेष अफर ल्याएको छ। यस योजना अन्तर्गतः

क्यासब्याकः ४३ इन्च वा सोभन्दा माथिका हिमस्टार अल्ट्रा एचडी टिभी खरिद गर्दा ग्राहकले ३२५ सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

विशेष प्याकेजः टिभी खरिदकर्ताले विश्वकप २०२६ को लाइभ टिभी सिजन पास र १ वर्षको ‘नेट टिभी’ प्याकेजसमेत सित्तैमा पाउनेछन्।

ब्रान्डको थप विस्तार
गुणस्तरीय होम एप्लायन्सेस र टेलिभिजनका लागि परिचित हिमस्टारले यस सहकार्यमार्फत देशभरका खेलप्रेमी र आफ्ना उपभोक्ताबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार संसारको सबैभन्दा ठूलो खेल महोत्सवसँग हिमस्टारको नाम जोडिनु गर्वको क्षण रहेको छ । यस अफरले नेपाली दर्शकहरूलाई विश्वकपको वास्तविक अनुभव उत्कृष्ट स्क्रिनमा प्राप्त गर्न प्रेरित गर्ने बताइएको छ ।

नेपाली बजारमा बलियो पकड जमाएको हिमस्टारको यस कदमले खेलकुद र मनोरञ्जनको क्षेत्रमा ब्रान्डको उपस्थिति अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार