एनसेलका ग्राहकले अब एनसेल एपमार्फत बस र आन्तरिक हवाई टिकट बुकिङका साथै विभिन्न साहसिक गतिविधिमा आकर्षक छुट पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले ट्राभल प्लेटफर्म ‘ट्रिप टर्बो’सँगको रणनीतिक साझेदारीको घोषणा गर्दै आफ्ना ग्राहकलाई यस्तो सुविधा प्रदान गरेको हो।
यस सहकार्यले एनसेल ग्राहकहरूलाई यात्रा र मनोरञ्जनको क्षेत्रमा थप बचत गर्ने अवसर प्रदान गर्नेछ। ९९ रुपैयाँ वा सोभन्दा बढीको एनसेल प्याक खरिद गर्ने ग्राहकले ट्रिप टर्बोमार्फत बस टिकट, हवाई यात्रा र साहसिक गतिविधिहरूमा छुटका साथै डिजिटल सुविधाहरू सहजै प्राप्त गर्न सक्नेछन्।
छुटका मुख्य विशेषताहरू:
साहसिक गतिविधि: विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८,००० रुपैयाँसम्मको छुट।
हवाई टिकट: पहिलो आन्तरिक उडानमा २०० रुपैयाँ र त्यसपछिका प्रत्येक उडानमा १४० रुपैयाँ छुट।
बस टिकट: हरेक बस टिकट बुकिङमा १११ रुपैयाँ छुट।
यी छुट सुविधा लिनका लागि ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ (Partnered Services) भित्र रहेको ‘ट्रिप टर्बो’ सेक्सनमा गएर सहजै सेवा छनोट गर्न सक्नेछन्।
यो साझेदारीबारे टिप्पणी गर्दै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “हामी कनेक्टिभिटी मात्र नभएर आफ्ना ग्राहकलाई यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदा दिन प्रतिबद्ध छौं। ट्रिप टर्बोसँगको यस सहकार्यले हाम्रा ग्राहकको यात्रालाई थप सुविधाजनक, फलदायी र किफायती बनाउने विश्वास लिएका छौं।”
दूरसञ्चार सेवाभन्दा बाहिर गएर डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा अघि बढ्ने एनसेलको उद्देश्यअनुरूप यो सहकार्य अर्को महत्त्वपूर्ण कदम हो। ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटल र हलिडे प्याकेजहरू उपलब्ध गराउँदै आएको छ।
एनसेल एपको इकोसिस्टममा यस्ता विश्वसनीय पार्टनर अफरहरू एकीकृत गर्दै कम्पनीले ग्राहकको डिजिटल अनुभवलाई निरन्तर परिष्कृत गरिरहेको छ।





प्रतिक्रिया