यस्तो आयो आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको लागि संसदबाट कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले शुक्रबार संघीय संसद‍मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको छ।

सरकारले आन्तरिक राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ भने बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बेहोर्ने उल्लेख गरेको छ ।

बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गर्दै कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । यससँगै कर्मचारीको न्यूनतम तलब ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुने भएको छ ।

सामाजिक सुरक्षातर्फ १ खर्ब २० अर्ब विनियोजन गर्दै सरकारले दलित बालबालिकालाई पोषण भत्ता दिएको छ । यस्तै, महिलाहरूको सहजताका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने र नर्सिङ कर्मचारीहरूको रात्रि भत्ता दोब्बर बनाउने घोषणा समेत गरिएको छ ।

पूर्वाधार विकासतर्फ काठमाडौं-तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ । साथै विद्युतीय सवारी साधनमा अब क्षमताको आधारमा नभई मूल्यका आधारमा भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ ।

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब र स्वास्थ्यमा नेपाल औषधी लिमिटेडलाई २५ प्रकारका औषधी उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।

खेलकुद विकासका लागि ५ वर्षभित्र ५ वटा क्रिकेट रङ्गशाला निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।

https://drive.google.com/file/d/1HCaHDBF8NK1TGWSzj12y31CWWoZE0XXK/view?usp=sharing

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार