सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा ११ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कार्यमा लापरबाही र ढिलासुस्ती गर्ने ११ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सार्वजनिक निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका कम्पनीहरूले १ वर्ष ६ महिनादेखि ३ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कार्यालयले सार्वजनिक गरेको सूची अनुसार निम्नलिखित निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालो सूचीमा परेका छन् :

फ्रेन्ड्स कन्स्ट्रक्सन काठमाडौ, रिदम कन्स्ट्रक्सन प्रा.लि. कैलाली,  पन्थ/तारालक्ष्मी जे.भी. गुल्मी, के.एम. कन्स्ट्रक्सन जनकपुर, टेक एण्ड सपना कन्स्ट्रक्सन प्रा.लि. पाँचथर, एबिसि निर्माण सेवा इलाम, गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जे.भी. धनुषा, बायोप्लेस मेडिको प्रा.लि. काठमाडौँ, भुमिराधा बिल्डर्स मोरङ, गौरी पार्वती/देव एण्ड सायर/भूमि जे.भी. मोरङ, रमन कन्स्ट्रक्सन प्रा.लि. र M/S Patel Engineering Limited ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास निर्माणका कार्यहरूलाई समयमै र गुणस्तरीय बनाउन यस्तो कडा कदम चालेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार