नेकपा एमालेले समग्र पार्टी जीवनको बस्तुस्थितिको प्रतिवेदन तयार गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल गठन गरेको छ ।
निर्वाचन समीक्षा र कार्य विभाजन गर्न बसेको एमाले सचिवालय बैठकले थापाको नेतृत्वमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्बी सुव्वा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा र सात वटै प्रदेशका इन्चार्जसहितको कार्यदल गठन गरेको हो ।
कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ । गत सोमबार सुरु भएर आइतबार सकिएको बैठकमा नेताहरूको कार्य विभाजन समेत समेत गरिएको छ।
बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरूको कार्य विभाजन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार बैठकपछि नेकपा एमाले नयाँ ढङ्गले अघि बढ्ने कार्यदिशा तय गरेको छ ।
‘कमीकमजोरी सच्याउँदै अब नेकपा एमाले नयाँ ढङ्गले अघि बढ्ने अपेक्षा छ’, उपमहासचिव भट्टले भने, ‘अब उपाध्यक्ष थापा नेतृत्वको कार्यदलको सुझाव अनुसार एमाले अघि बढ्छ ।’
अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आइतबार १२ बजेदेखि बसेको बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिएका थिए ।









प्रतिक्रिया