नेकपा एमालेले सरकारका गलत कामकारबाहीविरुद्ध ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका गलत कामकारबाहीका विरुद्ध अब पार्टीले देशव्यापी रूपमा भण्डाफोर अभियान सञ्चालन गर्ने उपमहासचिव लेखराज भट्टले बताए ।
एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगी, दलित समुदायमाथिको हिंसा र सरकारले ल्याउन लागेको अध्यादेशको समेत कडा शब्दमा भर्त्सना गरेको छ ।
त्यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीभित्र मागेको जिम्मेवारी दिने निर्णय भएको छ । पार्टीलाई एकताबद्ध गरेर अघि बढाउने निर्णय गर्दै पूर्वराष्ट्रपति भण्डारीलाई मागेको जिम्मेवारी दिने निर्णय भएको पार्टी सचिव महेश बस्नेतले बताए ।









प्रतिक्रिया