राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले बिचौलियाहरूको जाँचबुझ गरी कारबाही अगाडि बढाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा पाएको आफ्नो समयमा उनले त्यस्तो माग गरेका हुन् । जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले २९ किसिमका बिचौलिया रहेको निष्कर्ष निकालेको स्मरण गर्दै न्यौपानेले ती बिचौलियामाथि जाँचबुझ गर्न आयोग गठनको माग गरे ।
संविधानको धारा १५३ को ५ र ६ तथा न्यायपरिषद् ऐन २०७३ को दफा १९ को प्रावधानबमोजिम त्यस्तो जाँचबुझ आयोग बनाउन उनले माग गरेका हुन् ।











प्रतिक्रिया