सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’ रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
सरकारले यसअघि वैशाख १४ गते ‘संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
राष्ट्रपति कार्यालय स्रोतले सबै अध्यादेश अहिले अध्ययनको क्रममा रहेको बताएको छ ।









प्रतिक्रिया