म्याग्दीबाट प्रतिनिधि सभाका सांसद बनेका महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका छन् ।
सांसद पुनले संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरण सार्बजनिक गरेका हुन् ।
उनले आफ्नो सम्पत्ति विवरणमा कास्कीमा चार कित्ता गरेर करिब २८ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । उनले सो जग्गा स्वआर्जनबाट किनेको र अमेरिकाबाट फर्किदा बचेको पैसाले किनेको उल्लेख गरेका छन् ।
साथै उनीसँग करिब ३ तोला सुन रहेको र सो सुन श्रीमतीको रहेको विवरणमा उल्लेख गरेका छन् ।
त्यसैगरी उनले आफूसँग चुनावको समयमा उठेको बचत रकम २५ लाख र विभिन्न व्यक्तिहरुले सहयोग गरेर आफ्नो खर्चको लागि राखेको ४ लाख बैंकमा रहेको समेत उल्लेख गरेका छन् ।
त्यसैगरी पुनले आफ्नो आत्मकथा अहिलेसम्म २ लाख ५० हजार प्रति बिक्रि गरेको र सो रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगन्ज कृषि औजार कारखाना संचालन गर्न राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरिरहेको र आउदो दिनमा पनि किताब बिक्रीको रकम सोहि खातामा जम्मा गर्ने बताएका छन् ।









प्रतिक्रिया