यस्तो छ गत साताको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट

गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी गरेको छ भने अन्य फिल्मले दर्शक आकर्षित गर्न असफल भएका छन् ।

परानले अहिलेसम्म १७ करोड ६१ लाख ५ हजार २८८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख २५ हजार ६२५ टिकट बेचेको छ ।

त्यस्तै फिल्म हर्षले २८ लाख ७८ हजार ५३६ कमाइ गर्दा ८ हजार ८६६ टिकट बिक्री भएको छ ।

त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१  भने बक्स अफिसमा असफल भएको छ । यस फिल्मले अहिलेसम्म २१ लाख ४८ हजार ७०२ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ८५० टिकट बिक्री भएको छ ।

त्यस्तै फिल्म पीआरले ६ लाख ६८ हजार ६३३ कमाई गरेको छ भने लोकन्तीले ४ लाख एक हजार ३४० कमाई गरेको छ । त्यस्तै फिल्म चिरागले ६८ हजार ४५० मात्र कमाई गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार