काठमाडौंको काठमाडौं मल, सामाखुसीको बिजी मल र बालाजुको बुद्ध मलको रहेका रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले विभिन्न कार्यक्रमको आयोजना सहित बुधवार आफ्नो १७ औं वार्षिक उत्सक भव्यताका साथ मनाएको छ । यो फेसियल हाउस १७ वर्ष अघि क्रिशमसकै दिन स्थापना भएको थियो ।
अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरले आफ्नो १७औं बार्षिकोत्सवको अवसर पारेरमा काठमाडौंको गोंगबू आवास क्षेत्रमा रहेको मानवसेवा आश्रमका ५३ जना जेष्ठ नागरिक र साना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान भोजन गराएको छ । सो अबसरमा केट काटेर शुभकामना आदन प्रदान गर्नुका साथै उनीहरुलाई आर्थिक सहयोग पनि गरिएको थियो ।
बुधबार नै रश्मिलाज फेसियल हाउसले सामाखुसीको बिजी बेङ्केटमा विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यता र अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठको विशेष आतिथ्यतामा सो फेसियल हाउसका कर्मचारीलाई सम्मानित तथा पुरस्कृत गरियो ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले सो वार्षिक उत्सब समारोहको उद्घाटन गर्दै नेपालमा लामो समयदेखि व्यटी क्षेत्रमा रश्मिलाज फेसियल हाउसले आफ्नो छुट्टै नाम बनाएको बताए। गुणस्तरकै कारण आजसम्म पनि रश्मिलाज फेसियल हाउस सबैको रोजाईमा परेको डिसीको भनाई थियो ।
समारोहमा अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठ, अमेरिको स्यायाटलका बुद्धीजंग कुंवर, निर्माण व्यवसायी संघ धादिङका पूर्व अध्यक्ष रमेश कुमार श्रेष्ठ, भैरवी केवल धादिङका अध्यक्ष बद्रि कुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउस नेपालका उत्कृष्ट सौन्दर्य केन्द्र बन्न सफल भएको बताए । उनीहरुले यो फेसियल हाउसलाई वार्षिक उत्सबको शुभकामना पनि दिए ।
लामो समयदेखि यो फेसियल हाउसलाई माथि पुर्याउन निरन्तर योगदान दिएको भन्दै २ जना प्रोफेसनल व्युटिसियनहरू नुतन गिरी र चन्दा घिसिङलाई कार्यक्रममा बोर्ड अध्यक्ष डिसीले विशेष सम्मान प्रप्रदान गरे । यस्तै सो फेसियल हाउसको लामो समयदेखि फोटोग्राफी गर्दै आएका फोटो पत्रकार बद्री थापालाई पनि बिशेष सम्मानबाट सम्मानित गरियो ।
रश्मिलाज फेसियल हाउसका विभिन्न शाखामा लामो समयदेखि निरन्तर सेवा दिएका व्यवस्थापक, हेयर डिजाईनर, मेकअप आर्टिष्ट र ब्युटिसियनहरुलाई पनि कार्यक्रममा प्रशंसा पत्र प्रदान गरियो । समारोहमा केक काटेर शुभकामना आदन प्रदान गर्दै वार्षिक उत्सव सम्पन्न गरिएको थियो ।
सो फेसियल हाउसका सञ्चालक प्रकाश कुमार श्रेष्ठले फेसियल हाउसको तीन वटा शाखाबाट आफहरुले ६५ जनालाई नियमित रुपमा रोजगार दिन सफल भएको बताए । यस्तै हरेक वर्ष हजारौं सौन्दर्य पारखीहरुको सुन्दरतामा निखार ल्याउन आफुहरु सफल भएको पनि उनले बताए ।
रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् बरिष्ट सौन्दर्यकर्मी रश्मिला श्रेष्ठले कार्यक्रममा सबैलाई स्वागत गर्दै आफुहरुले सौन्र्दय सेवा, ब्युटिसियन सम्बन्धि प्रशिक्षण र सौन्दर्य सामग्री नेपालमै उत्पादन गर्न पनि सुरु गरेको जानकारी गराईन् ।











प्रतिक्रिया