अन्तरजातिय बिबाह गरेकै कारण परिवार र समाजले उनिहरुलाई गाउँबाट खेदेको पनि १६ वर्ष नाघिसकेको छ । यो अबधिमा परिवारबाट अलग भएर समाज परिवर्तनको संघर्षमा निरन्तर लागि परेका उनिहरुले भोगेका पिडादायक दिनहरु र संघर्षले सिकायका बिविध कष्टकर क्षणलाई समेटेर चलचित्र ‘नदेखिएको जात’ निर्माण भएको छ ।
झापा, अर्जुनधाराकी निलम सुनाम दर्जीसँग प्रेम विवाह गरेका बेद प्रसाद भुर्तेलको जीवन कथा कहाली लाग्दो छ । अन्तरजातिय बिवाह सम्बन्धलाई समाजले अझै स्वीकार्न सकिरहेको छैन ।
कानुनी रुपमा देशमा धर्मनिरप्रेक्ष र छुवाछुतको अन्त्य भएको यतिका वर्ष बितिसक्दा पनि यो कुसंस्कार हट्न सकेको छैन ।
विवाह दर्ता गरेको केही महिनामा नै जिल्ला अदालत विराटनगरबाट सम्बन्ध विच्छेद भएको थियो । कानुनी रुपमा सम्बन्ध विच्छेद भए पनि निलम र भुर्तेलको सम्बन्ध चाँही कायमै छ । उनिहरुको एक छोरा छन् जसको जन्म दर्ता समेत भईसकेको छ ।
घरपरिवारले अहिलेसम्म यो जोडीलाई घर भित्राएको भने छैनन् । हाम्रो समाज बाहिरबाट हेर्दा जति सरल जस्तो देखियता पनि भित्र कत्ति जरजर र अन्धबिश्वासमा बाचिरहेका छौ भन्ने कुरा निलम सुनाम दर्जी र बेदप्रसाद भुर्तेलले प्रेम विवाह गरेकै कारण यो ढोंगी समाजबाट भागिभागि हिंड्नु परेको वास्तबिकताबाट प्रष्ट हुन्छ । यही वास्तविक घट्नाक्रमलाई जस्ताको तस्तै पर्दामा हेर्न पाउने भएको छ चलचित्र ‘नदेखिएको जात’मा ।
चलचित्र ‘नदेखिएको जात’मा वास्तबिक जोडी बेदप्रसाद भुर्तेल, निलम दर्जी लगायत संजोग राणा, जाहान्वी वस्नेत, लय संग्रौला, बिशाल पहाडी, अनिता केसी, रुकु बिष्ट, किरण थापा, चन्द्रमान स्याङ्गतान, बिष्णु गिरी, बिकास नेपाल, बिपिन्द्र थापा आदिको अभिनय रहेको छ ।
‘नदेखिएको जात’ प्रदर्शनको लागि तयारी अवस्थामा रहेपनि बजार व्यवस्थापन गरिदिने डिष्ट्रिव्युटरको अभावमा हलसम्म पुग्न सकिरहेको छैन ।
यस्तै विषयवस्तु उठान गरिएको फिल्महरु यतिबेला दर्शक रुचिको बनिरहेको अवस्थामा फिल्म डिष्ट्रिव्युटरले चासो देखाएमा ‘नदेखिएको जात’ चाडै नै दर्शकमाझ आउने छ र समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास निर्माणपक्षको छ भने राज्यले यो चलचित्र शहर देखि ग्रामिण वस्तिहरुसम्म प्रदर्शनमा विशेष पहल गर्नुपर्ने उनीहरुको माग छ ।











प्रतिक्रिया