रिसाल, स्थापित र उपाध्यायलाई “बिशिष्ट शाधक सम्मान २०८१” प्रदान

राष्ट्रीय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले बिगतका बर्ष जस्तै यस बर्षपनि बडादशैंको शुभकामना आदान९प्रदान तथा ३ जना बिशिष्ट शाधकहरुलाई “बिशिष्ट शाधक सम्मान २०८१” प्रदान गरेको छ ।

बरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल बरिष्ठ गायक तथा संगीतकार माणिकरत्न स्थापित एवं बरिष्ठ साउन्ड इन्जीनियर प्रदिप कुमार उपाध्यायलाई नगद तथा सम्मानपत्रसहितका श्रष्टाहरुलाई उनीहरुको निवासमै पुगेर सम्मानित गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, महासचिव दिपक शर्मा, कोषाध्यक्ष नारायण बहादुर थापा, सदस्यहरु प्रतिक्षा काफ्ले, मनोज परियार, सविन सुबेदी, डेबिड शंकर, सरु गौतमलगायतको उपस्थिति थियो ।

त्यस्तै संस्थाका सल्लाहकारहरु सुरेश चन्द्र अधिकारी, बद्री पाण्डे, नमस्तेलाल श्रेष्ठ, माधबराज खरेल, डाड्डओमकृष्ण प्रसाईं, प्रेस संयोजक बिष्णु सुबेदी तथा लव प्याकुरेल लगायतका ब्यक्तित्वहरुको उपस्थितिले कार्यक्रम उत्कृष्ट र भव्य भएको कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नारायण बहादुर थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार