हप्ता दिन नवित्दै थापा र दुलालको ‘सोह्रै सिंगार लाएँ’

लामो समय देखि गायन क्षेत्रमा निरन्तर सक्रिय रहदै आएका चर्चित गायक नारायण थापाको स्वर, दिनेशराज पुरीको शब्द रहेको ‘आज मृत्युले मलाईं’ गीतको लिरिकल युटूव मार्फत श्रोता माझ आएको सातादिन बित्न नपाउदै अर्को नारी पर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ ।

दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्जर राजेन्द्र बजगाईले गरेका हुन् ।

सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौला आदिको अभिनय रहेको भिडियो बिजयराज भुर्तेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार