लालीगँरास क्रियशन मिडिया नेपाल, तेजस्वी कलाकेन्द्र एण्ड मिडियाको संयुक्त आयोजनामा सञ्चार सुचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा एक भव्य समारोहका बीच शनिवार चलचित्र बिकास बोर्ड चाबहिलको सभाहलमा ‘दोश्रो लालीगुँरास सम्मान कार्यक्रम २०८१’ सम्पन्न भएको छ ।
अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने नारा रहेको उक्त कार्यक्रममा नेपाली चलचित्र, संगीत, खेलकुद, पत्रकारिता, ब्युटीसियन, समाजसेवी तथा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको उच्च कार्यको सम्मान स्वरुप सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा आफ्नो महत्वपूर्ण भूमिका पुर्याएका अग्रज व्यक्तित्वहरुसंगै भर्खरै प्रवेश गरेर आफ्नो क्षेत्रमा राम्रो नाम कमाएका व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । सबै क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा किर्तिमानी धावक तथा एथ्लेट्स वैकुण्ठ मानन्धर, नेपालको पहिलो नेपाली रंगीन चलचित्रकी नायिका चैत्यदेवी सिंह, चलचित्र क्षेत्रकै अग्रज नायक मध्यका विश्व बस्नेत, लोक गायक कुमार बस्नेत, नेपालको पहिलो ड्रमर देव राणालाई विशिष्ट सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै वरिष्ठ अभिनेता तथा निर्देशक कमल कान्त मैनाली, वरिष्ठ संगीतकार लक्ष्मण शेष, गायक रोज मोक्तान, गायक तथा अभिनेता यस कुमार, वरिष्ठ मेकअप आर्टिष्ट सन्तु तमाङ, अग्रज पत्रकार बिजयरत्न तुलाधरलाई विशेष सम्मान प्रदान गरियो ।
त्यस्तै वरिष्ठ चलचित्रकर्मी निर्देशक राजु के.सी., अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, युवा पत्रकार कुबेर गिरी, मोडेल सम्झना बुढाथोकी, हास्य कलाकार गायक राजन चौलागाइ ‘खैराते’, कलाकार प्रताप हुमागाई, संगीतकार राजनराज शिवाकोटी, युवा गायिका अस्मिता अधिकारी, गायिका पूर्णकला बि.सि.,नव मोडेल आयुश्मा कार्की, गायक आयुस परियार, संगीतकार मदन परियार, सुफ्फिक्स, सेक्साफोनिष्ट शिवराज गौतम, तेक्वाण्डो खेलाडी नन्दा वस्याल, भलिबल खेलाडी तथा कोच दिपक थापा, कराँते खेलाडी ज्ञानेन्द्र कुमार श्रेष्ठ, वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्का, सिनियर कस्माटोलोजिष्ट मन्दिरा खड्का हायु, युवा व्यवसायी तथा समाज सेवी सन्दिप महत लगायतलाई सम्मान प्रदान गरिएको थियो ।
लालीगुँरास क्रियशन मिडिया नेपालका अध्यक्ष ईन्द्र बिसुन्के ‘बिन्दास’को सभापतित्वमा सम्पन्न कार्यक्रममा, तेजस्वी कलाकेन्द्र एण्ड मिडियाका अध्यक्ष तथा कार्यक्रम निर्देशक सुमन कुमार श्रेष्ठले स्वागत मन्तब्य सहित सम्पूर्णमा स्वागत र धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख अतिथि माननीय सञ्चार मन्त्रीले कार्यक्रम एकदमै स्तरिय लागेको र राष्ट्रले गर्नुपर्ने काम यो संस्थाले गरेको र आफुले क्याम्पस पढ्दाको समयमा चलचित्र हेर्दाको समयका नायक, नायिका र गायकलाई सम्मान गर्न पाउँदा एकदमै खुसी लागेको र यो कार्यक्रम सधैं स्मरणीय रहने भन्दै आयोजक टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा चलचित्र क्षेत्रका निकै विशिष्ट व्यक्तित्व लगायत संगीत, खेलकुद लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एभरीटाइम, सल्भ एण्ड केयर, अनमोल फ्यासिलिटी क्लिनर्स, प्रोफेस्नल अटोमोबाईल, सुट्मालाको प्रायोजन र केआईसी, औधोगिक शान्ती नेपाल संस्था, एरिका स्टुडियो, फोटो फेशन स्टुडियो, लालीगुँरास लाईभ दोहोरी इन्टरटेन्टमेन्ट सहयोगी सस्था रहेका थिए । कार्यक्रमलाई ओजस्वी मल्टिमिडियाका अध्यक्ष तथा कार्यक्रम संयोजक अनिल सुनामले सहजीकरण गरेका थिए ।










प्रतिक्रिया