ललितपुर महोत्सवमा गायक थापा र मोडल काफ्लेको दमदार प्रस्तुती

ललितपुर सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ साउन ११ देखि २६ गतेसम्म चल्ले साँकृतिक कार्यक्रममा दैनिक बिभिन्न कलाकारहरुको बेजोड प्रस्तुति रहँदै आएको छ ।

साउन २२ गतेको सांगीतिक कार्यक्रममा पछिल्लो समयका व्यस्त गायक नारायण थापा, मोडल प्रतिक्षा काफ्ले लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

कला सांस्कृतिक संरक्षण ललितपुरको मुख्य आयोजनामा भैरहेको २२ गतेको महोत्सवमा गायक थापा र काफ्लेको अलवा सुरेन्द्र केसी ‘मुलाको साग’, जोगेन्द्र ‘पानवाला’, सूर्यमणी आचार्य, गोविन्द दुलाल, ऋतु कँडेल, विनय कार्की, सुवाष महत लगायतका कलाकारहरुले आआफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार