नेपाल म्यूजिक भिडियो निर्देशक समाजले शनिबार राजधानीमा चियापान तथा अन्तकृया कार्यक्रम सम्पन्न गर्नुका साथै अक्षयकोषको स्थापनासमेत गरेको छ । समाजकी अध्यक्ष बबिता श्रेष्ठ ‘मलेकु’को सक्रियतामा बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तित्वहरुको उपस्थितिसहित अक्षयकोषको स्थापना गरिएको हो ।
उक्त अवसरमा कार्यसमितिबाट मनोनयन भएका सल्लाहकार टिम र संस्थाको संरक्षक तथा मानर्थसदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । म्यूजिक भिडियो निर्देशक सुब्रत राज आचार्य र दिपक राज आचार्य साथै संगीत रोयल्टी समाजका उपाध्यक्ष चन्द्र शर्मा, गायक सिडि बिजय अधिकारी र अमृत भारतीलाइ सल्लाहकार टिममा मनोनयन गरिएको समाजकी अध्यक्ष कलेकुले जानकारी दिइन् । त्यस्तै संरक्षकमा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी र निर्देशक/कलाकार दिपाश्री निरौलालाई मनोनयन गरिएको उनले बताइन् ।
यस्तै समाजको प्रेस सल्लाहकार डब्बु क्षेत्री, कानुनी सल्लाहकारमा अधिवक्ता तारा कुमार श्रेष्ठ र कार्यक्रम सल्लाहकारमा राजेन्द्र पुरीलाइ मनोनयन गरिएको छ । गायक महेन्द्र राज बराल र टेलिसिरियल कलाकार रश्मि पाण्डेलाई मानर्थ सदस्य प्रदान गरिएको छ ।
त्यसैगरी कार्यक्रमको दोस्रो चरणमा म्यूजिक भिडियो क्षेत्रको संबृद्धिको लागि निर्देशकको भुमिकाबारे अन्तरक्रिया कार्यक्रम सन्चालन गरिएको अध्यक्ष मलेकुले बताइन् । संस्थाका महासचिब दयाराम घिमिरे सहजकर्ता रहेको उक्त कार्यक्रममा निर्देशकद्वय सुब्रत राज आचार्य र समन अधिकारी, नृत्य निर्देशक संघका अध्यक्ष भुवन दास श्रेष्ठ, संगीत रोयल्टी समाजका उपाध्यक्ष चन्द्र शर्मा र अधिवक्ता तारा कुमार श्रेष्ठ वक्ताको रुपमा रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजकी अध्यक्ष मलेकुले अक्षय कोष सन्चालनको घोषणा गरेकी थिइन । संस्थाका प्रथम उपाध्यक्ष डिआर सुजनको अध्यक्षतामा उक्त अक्षय कोष सन्चालन हुने बताइएको छ भने उक्त अक्षय कोषमा प्रथम उपाध्यक्ष डिआर सुजनले ५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरी योगदान दिएका छन् ।
कार्यक्रममा नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठले म्यूजिक भिडियो निर्देशक समाजले म्यूजिक भिडियो निर्देशकहरुको हकहितको लागी देखाएको सक्रियताको मुक्त कण्ठले प्रसंसासमेत गरे । त्यस्तै निर्देशक/निर्माता एवं कलाकार इन्द्र दोङ लामा खम्बेले आफुले सञ्चालन गरेको गाउँले परिवेशको सुटिङ स्टुडियो धर्मस्थलीबाट आएको रकमबाटै समाजलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा संस्थालाइ प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने बिभिन्न व्यक्तित्वलाई कदर पत्रसमेत प्रदान गरिएको थियो ।










प्रतिक्रिया