पृथ्वी लोकमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा माटोले पुरिएको अवस्थामा एक थान पैसा राख्ने लकर फेला परेको छ। भाद्र १३ गते सशस्त्र प्रहरी बलको टोलीले उक्त लकर फेला पारेको हो।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (DSP) अपार प्याकुरेलको कमाण्डमा खटिएको ९ जनाको सुरक्षा टोलीले आदमघाट वेशभन्दा करिब ६ किलोमिटर पूर्वतर्फ लकर भेटाएको हो।
फेला पारिएको उक्त लकरलाई स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको रोहवरमा आवश्यक कानुनी प्रक्रिया र अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिएका छन्।







प्रतिक्रिया