विगतमा ओली र प्रचण्डको ‘दुई पाइलट’ मोडेलले पार्टी दुर्घटनामा परेको स्मरण गराउँदै खनालले अहिले फेरि त्यस्तै गल्ती दोहोर्याएको बताएका छन् । पार्टी अब ‘बल्छीमा परेको माछा’ जस्तै भएको टिप्पणी गर्दै खनालले प्रचण्ड र सह-संयोजक दुवैलाई मार्गप्रशस्त गर्न सुझाएका छन् ।
पत्रमा भनिएको छ, ‘अहिले तपाईँले २६ वटा घटकहरू एकताबद्ध गरेर अर्को नेकपा घोषणा गर्नुभयो । यस पटक पनि तपाईँले पहिलेको जस्तै संयोजक र सहसंयोजक बनाउनुभएको छ । के यो त्यही “दुई पाइलट” को अर्को संस्करण हो ? त्यति बेला त दुई पार्टी एकीकृत भएकाले दुई पाइलट राखियो भनेर तर्क सम्म गर्न सकिन्छ ।’
उनले अहिलेको संयोजक र सहसंयोजकको औचित्य के छ ? भन्दै प्रश्न गरेका छन्।
खनालले भनेका छन्, ‘एउटा संयोजक बनेर पार्टी चलाउन किन नसक्ने ? के अब महाअधिवेशन गर्दा पनि यस्तै सेटिङ गर्नुहुन्छ ? अब कार्यकर्ताले त्यस्तो सेटिङ स्वीकार गर्लान ? कमरेड ! राम्ररी विचार गर्नोस् !’









प्रतिक्रिया