परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने तयारी भएको छ । मन्त्री खनाल भारत भ्रमणबाट फर्किए लगत्तै आगामी साता चीन जाने तयारी गरेका हुन् ।
मन्त्री खनाल यही जेठ ३१ गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको बुझिएको छ । भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम तय भएको बताइएको छ ।
यद्यपी मन्त्री खनालको चीन भ्रमणको मिति र एजेण्डा भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।









प्रतिक्रिया