सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेता

नेपाली काँग्रेसले राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएको छ ।

काँग्रेस संसदीय दलका नेता  भीष्मराज आङदेम्बेले सिटौलालाई हटाएर कमला देवी पन्तलाई राष्ट्रिय सभाको संसदीय दलको नेता चयन गरेका छन् । उनले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेतामा पन्तलाई मनोनयन गरेको जानकारी दिएका हुन् ।

त्यस्तै प्रतिनिधि सभामा दलको उपनेतामा अभिषेक प्रताप शाहलाई मनोनयन गरेका छन् । त्यसैगरी आङदेम्बेले प्रतिनिधि सभामा काँग्रेसको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार