प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी रहने कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुपर्ने बताएको छ।

आज प्रतिनिधि सभा बैठक सुरू भएपछि सचेतक निश्कल राईले बोल्दै प्रधानमन्त्री बैठकमा उपस्थित हुनुपर्ने र नभएसम्म सदन चल्न नसक्ने बताएका हुन्।

‘प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत होइन,’ उनले भने, ‘सदनको गरिमा जोगाउने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी सभामुखको हो। यस विषयमा सभामुख गम्भीर बन्नुपर्छ, यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनु भएन भने हाम्रो विरोध जारी रहनेछ।’

उनले स्व। प्रदीप गिरीलाई स्मरण गर्दै एउटा भनाइ सान्दर्भिक रहेको बताए। ‘संसदीय बहुमतको कुनै भर हुँदैन। मुख्य कुरा प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्धता हो,’ उनले भने।

कांग्रेससहित विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने भन्दै बुधबारको बैठकमा पनि अवरोध गरेका थिए।

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जबाफ दिने कार्यसूची रहेपछि प्रतिपक्षीले विरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार