खैबर पख्तुनख्वाको बन्नुमा आतंकवादी आक्रमण: १५ प्रहरीको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा परी मारिने प्रहरीको संख्या १५ पुगेको छ।

बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरे । उनले मृतक सबै प्रहरी रहेको बताए। यसबाहेक तीन जना घाइतेलाई पनि अस्पताल ल्याइएको र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।

यसअघि बन्नु रेन्जका प्रहरी अधिकृत सज्जाद खानको कार्यालयले जारी गरेको विज्ञप्तिमा फतेह खेल चौकी भवनको भग्नावशेषबाट १२ प्रहरीको शव निकालिएको र तीन जना कर्मचारीलाई भग्नावशेषबाट जीवितै निकालिएको उल्लेख छ।

रोयटर्सको रिपोर्ट अनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी बन्नु शहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा ठोक्किएको थियो । एक सुरक्षा अधिकारीको दाबी अनुसार विस्फोटपछि आतंककारीहरू चौकीमा प्रवेश गरे र प्रहरीमाथि गोली चलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार