नेप्सेमा सामान्य गिरावट, ७ अर्ब ८१ करोडको कारोबार

नेप्से आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, लगानी, उतपादन र निर्जीव बीमा क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, पाल्पा सिमेन्टको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी होटल फरेस्ट इनको शेयर १०.७५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ४१  करोड ३४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको ३२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार