चालु आवको ६ महिनामा पाँच लाख ९० हजार बढी युवा वैदेशिक रोजगारीमा

चालु आर्थिक वर्षको ६ महिनामा ५ लाख ९० हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ५ लाख १४ हजार ३ सय ५० पुरूष र ७६ हजार ३ सय ६८ महिलाले श्रम स्वीकृति लिएका हुन् । जसमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना वैदेशिक रोजगारीका गएका छन् भने ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएका छन् ।

४ हजार ८ सय ६६ जना जी टु जी मार्फत इजरायल, कोरिया तथा बेलायत गएका छन् । यो छ महिना अवधिमा १४१ जना विना कागजात विदेशमा काम गर्दै आएका नेपालीहरूलाई वैधानिकीकरण गरिएको विभागले जनाएको छ ।

पुस महिनामा मात्रै ६२ हजार ५ सय ५९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । ६ महिनामा जी टु जी मार्फत ६०८ जना इजरायल गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार