नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । उनले अहिले निर्वाचनअघि सार्बजनिक गरिएका प्रधानमन्त्रीको उम्मेदवारको तुलनामा थापा उत्कृष्ट र सहित प्रधानमन्त्रीको उम्मेदवार रहेको दाबी गरेका छन् ।
त्यस्तै प्रवक्ता देवराज चालिसेका अनुसार काँग्रेसको आजको बैठकले गरेका निर्णयहरु यस्ता छन्:
१- २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नु भएको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गर्नु भएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ ।
२- २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन
गर्ने ।
३- नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गर्दछ ।
४- २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।
५- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्दछ ।








प्रतिक्रिया