सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना अभिकर्ता ‘एमडीआरटी’को सदस्य बन्न सफल

अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)ले नेपालका लागि सन् २०२५ मा गरेको व्यवसायका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जनालाई सदस्य बनाएको छ ।

तोकिएको वार्षिक लक्ष्य पूरा गरी सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ता एमडीआरटी २०२६ मा सदस्य बन्न सफल भएका छन् । तीमध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबल (सीओटी)का लागि योग्य भएका छन् । शाही सीओटीमा तेस्रो पटक र सापकोटा दोस्रो पटक छनोट हुन सफल भएका हुन् ।

कोशी प्रदेशबाट २ जना, बागमतीबाट २९ जना, गण्डकीबाट ५, लुम्बिनीबाट १३ जना, कर्णालीबाट ३ जना र सुदूरपश्चिमबाट ३ जना गरी ५५ जना छनोट भएका हुन् । ३ वा सोभन्दा बढी पटक एमडीआरटी हासिल गर्ने ६ जना र ५ वा सोभन्दा बढी पटक हासिल गर्ने २ जना गरी ८ जना दीर्घसेवा पदकबाट सम्मानित भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सन् २०२६ को लागि एमडीआरटीमा छनोट हुन सफल ५५ जनालाई अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताको भेलामा नेपालको प्रतिनिधित्व गर्न पाएकोमा बधाइ दिए । अझ लगनशील र मेहनत गरी अघि बढ्न उनले आग्रह गरे ।

सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी ५ अर्ब १ करोड, जीवन बीमा कोष ४३ अर्ब ८३ करोड, लगानी ४८ अर्ब ४५ करोड, नेटवर्थ ६ अर्ब ७४ करोड तथा अभिकर्ता १ लाख ६ हजार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार