जोहरान ममदानीले न्यूयोर्क शहरका पहिलो मुस्लिम मेयरको शपथ लिएका छन् । ममदानीले बिहीबार कुरानमा हात राखेर पदको शपथ लिएका हुन् । यससँगै उनको मेयरको कार्यकाल आजदेखि औपचारिक रुपमा शुरु भएको छ ।
अहिलेसम्म, धेरैजसो न्यूयोर्क शहरका मेयरहरूले बाइबलमा हात राखेर शपथ लिएका थिए । यद्यपि, संविधानले शपथको लागि कुनै पनि धार्मिक ग्रन्थको प्रयोगलाई अनिवार्य गरेको छैन । ३४ वर्षीय डेमोक्र्याट ममदानी न्यूयोर्क शहरका पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली र पहिलो अफ्रिकी मूलका मेयर हुन् ।
ममदानीले न्यूयोर्क शहरको सिटी हल मुनि रहेको बन्द सबवे स्टेशनमा शपथ लिए । यो ममदानीको परिवारको उपस्थिति रहेको एक निजी समारोह थियो । दिउँसो सार्वजनिक शपथ ग्रहण समारोह हुनेछ। ममदानीले दुई कुरानमा हात राखेर शपथ लिए । एउटा उनका हजुरबुबाको कुरान थियो र अर्को सानो खल्ती आकारको कुरान थियो । खल्ती आकारको कुरान १८औं शताब्दीको अन्त्य वा १९औं शताब्दीको सुरु तिरको भनिन्छ । यो न्यूयोर्क पब्लिक लाइब्रेरीमा रहेको स्कोम्बर्ग सेन्टर फर रिसर्च इन ब्ल्याक कल्चरको संग्रहको अंश हो ।









प्रतिक्रिया