कराते र भारोत्तोलनका प्रशिक्षक सेवा निवृत

उमेरहदका कारण वरिष्ठ कराते प्रशिक्षक हिरासिंह डंगोल, कराते प्रशिक्षक मनोज शाक्य र भारोत्तोलन प्रशिक्षक सन्तोष चौधरी सेवा निवृत भएका छन् ।

सेवा निवृत भएका वरिष्ठ कराते प्रशिक्षक डंगोल, कराते प्रशिक्षक शाक्य र भारोत्तोलन प्रशिक्षक चौधरीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिदाइ गरेको छ ।

राखेपका सदस्य–सचिव रामचरित्र मेहता, राखेपकी सदस्य नन्दा बस्याललगायतले उनीहरुलाई मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार