आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ । त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजदेखि शुरु हुदैछ ।
जारी सिरिजमा नेपालले पहिलो खेलमा युएईलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने ओमानले आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको छ ।
त्यस्तै लिग- २ मा हालसम्म नेपालको २१ खेलमा १४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ भने ओमानको २५ खेलमा २९ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।
नेपाल र ओमान एकदिवसीय क्रिकेटमा अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ पटक र नेपालले ३ पटक जितेको छ ।
यो सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् ।
मे ५ सम्म हुने यस सिरिजमा तिनै देशले एक अर्काविरुद्ध २-२ खेल खेल्ने तालिका रहेको छ । जस अनुसार अब मे १ मा नेपाल र युएई, मे ३ मा ओमान र युएई तथा मे ५ मा नेपाल र ओमान खेल्ने तालिका रहेको छ ।












प्रतिक्रिया