इरानविरुद्धको युद्ध कति समयसम्म चल्ने भन्ने निर्णय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने भएका छन् । ह्वाइट हाउसले युद्धविरामको समयसीमा अमेरिकी राष्ट्रिय हितका आधारमा तय गरिने स्पष्ट पारेको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा हालसम्म युद्धविरामको कुनै निश्चित समयसीमा नरहेको बताइन् । उनका अनुसार अवस्था लगातार परिवर्तन भइरहेकाले युद्धविराम कहिले सकिन्छ भन्ने अहिले नै निर्धारण गर्न सम्भव नभएको बताएकी छन् ।
लेभिटले परिस्थितिअनुसार रणनीति परिवर्तन भइरहने संकेत दिँदै आगामी निर्णय प्रत्यक्ष रूपमा राष्ट्रपति ट्रम्पकै हातमा रहने जानकारी दिइन् । यसले युद्धविरामको अवधि र आगामी कदमहरू वासिङ्टनको रणनीतिक प्राथमिकतामा आधारित हुने देखिएको छ ।
अप्रिल २२ मा सकिएको यसअघिको युद्धविरामको अवधि ट्रम्पले एकतर्फी रुपमा बढाएको घोषणा गरेका थिए । इरानले युद्धविराम बढाउनु आफुहरुको कुनै चासो नभएको प्रतिक्रिया दिदै अमेरिका र इजरायल फेरी आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएको छ । ट्रम्पले भने वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानको अनुरोधमा युद्धविरामको अवधि बढाएको बताएका छन् ।








प्रतिक्रिया