आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज ओमान र युएईबीच खेल हुदैछ ।
टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजदेखि शुरु हुदैछ । जारी सिरिजको पहिलो खेलमा युएई नेपालसँग पराजित भएको थियो । लिग- २ मा ओमानको २४ खेलमा २९ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै युएईको २१ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पुछारमा छ ।
ओमान र युएई एकदिवसीय खेलमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् । जसमा ओमानले ६ खेल जितेको छ भने ३ खेल युएईले जितेको छ । त्यस्तै एक खेल टाई भएको थियो ।
पछिल्लो पटक दुवैबीच २०२४ को नोभेम्बरमा भएको खेल ओमानले ४ विकेटले जितेको थियो ।











प्रतिक्रिया