होर्मुज क्षेत्रमा तीन जहाजमा गोलीबारी

होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन जहाजमाथि गोलीबारी भएको छ । समुद्री सुरक्षासम्बन्धी स्रोत र बेलायतको समुद्री व्यापार निगरानी निकायले उक्त जानकारी दिएको हो ।

ओमानको उत्तर–पूर्व क्षेत्रमा लाइबेरियाको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि गोलीबारीसँगै रकेट आक्रमण भएको जनाइएको छ । आक्रमणबाट जहाजको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सबै सदस्य सुरक्षित रहेको बताइएको छ ।

यसैगरी पनामाको झण्डा बोकेको अर्को जहाजमाथि पनि आक्रमण भएको छ । उक्त जहाज इरानबाट करिब ८ नटिकल माइल दूरीमा रहेको थियो । यो जहाज र त्यसमा सवार सबै सदस्य सुरक्षित रहेको जनाइएको छ ।

तेस्रो कन्टेनर जहाजमाथि पनि इरानबाट करिब ८ नटिकल माइल पश्चिमतर्फ गोलीबारी गरिएको थियो । होर्मुज क्षेत्रबाट बाहिरिँदै गरेको उक्त लाइबेरियाली जहाजमा भने कुनै क्षति नपुगेको जानकारी दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार